काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा रेलिगेसन क्षेत्रको एफसी खुमलटारले जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा खुमलटारले हिमालयन शेर्पा क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
खुमलटारको जितमा मेसुके ओलुमोउ र स्टेफन बिनोङले एक एक गोल गरे ।
हिमालयनका मानुएल एग्योमाङले एक गोल फर्काए ।
खुमलटारले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको छैटौं मिनेटमा मानुएलले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको १७ औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई १-१ गोलको बराबरीमा ल्याए ।
७० औं मिनेटमा मेसुके पेनाल्टीमा गोल गर्न चुके । उनको प्रहार हिमालयनका गोलकिपर किशोर गिरिले उत्कृष्ट बचाए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा स्टेफनले गोल गर्दै खुमलटारलाई २-१ को जित दिलाए ।
खुमलटारको यो सातौं जित हो । खुमलटारले २२ खेलमा २४ अंक जोडेको छ ।
खुमलटार पुछारमा रहेको छ
हिमालयनले २२ खेलमा २९ अंक जोडेको छ ।
हिमालयन आठौं स्थानमा रहेको छ ।