मनाङले थ्री स्टारलाई हरायो
२०२३ मे २८, आइतबारखेलपाटी संवाददाता
1685273551.jpg&w=3840&q=75)
काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा आइतबार मनाङले थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
मनाङको जितमा चेतन कुमार थारुले निर्णायक गोल गरे ।
चेतनले खेलको ३८ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
मनाङले ७ खेल बराबरी खेलेपछि पहिलो जित निकालेको हो ।
मनाङको यो छैटौं जित हो । मनाङले २२ खेलमा २८ अंक जोडेको छ ।
मनाङ दशौँ स्थानमा उक्लिएको छ ।
थ्री स्टारले २२ खेलमा २६ अंक जोडेको छ ।
थ्री स्टार ११ औं स्थानमा रहेको छ ।
मनाङले थ्री स्टारलाई हरायो