काठमाडौं । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले आज आइतबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगितामा नेपालले आज तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने नेपाल उज्वेकिस्तानबीचको खेल बिहान ११ बजे सुरु हुनेछ ।
आज नेपाल उज्वेकिस्तानलाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ । उज्वेकिस्तान पनि नेपाललाई हराएर तेस्रो बन्न चाहन्छ ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा काजकस्तानसँग पराजित भएपछि नेपालले तेस्रो स्थानको लागि खेल्न लागेको हो । उज्वेकिस्तान भने भारतसँग पराजित भएको थियो ।
उपाधिका लागि भारत र काजकस्तान भिड्ने छन् । फाइनल खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो।