निजगढ । मधेश प्रदेश फुटबल संघको अध्यक्षमा नेपाल कार्की चयन भएका छन् ।
शनिबार रौतहटको चन्द्रपुरमा सम्पन्न संघको अधिवेशनले रौतहटका नेपाल कार्कीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
गठित प्रदेश कार्यसमितिको उपाध्यक्षमा बिजय कुमार गुप्ता(महोत्तरी), सुमन कुमार श्रेष्ठ(सिरहा), उज्वल कुमार कार्की(सर्लाही), राजदेव प्रसाद साह(धनुषा), सुरेश ठाकुर (धनुषा), महासचिवमा दिपक साह कानु(पर्सा), कोषाध्यक्षमा शम्भु सिंह ठकुरी(बारा), सचीवमा बिजय चौधरी(सप्तरी) र सदस्यमा ललिता कुमारी चौधरी(रौतहट), राजकिशोर धामी(बारा), राजिप यादव(सिरहा), संजय मण्डल(धनुषा), राजेश पटेल(पर्सा), सुरेश खड्का(सप्तरी), देवेन्द्र साह(महोत्तरी), दिपक लामा(सर्लाही), शम्भु कुमार चौधरी(सिरहा), रामकृष्ण श्रेष्ठ(बारा), बाबुराम दाहाल(रौतहट) र रमेश श्रेष्ठ(सप्तरी) रहेका छन् ।
चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्लेले उद्घाटन गरेको अधिवेशनमा अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामाको उपस्थिती रहेको थियो ।