काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
च्यासल मैदानमा शनिबार आर्मी र मछिन्द्रले १-१ गोलको बराबरी खेलेका छन् ।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने आर्मीले बनाएको थियो ।
खेलको १७ औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ६० औं मिनेटमा आर्मीका युद्द शाहीले आत्मघाती गोल गरेपछि मछिन्द्र हारबाट जोगिएको हो ।
यस बराबरीसँगै आर्मीले २२ खेलमा ३० अंक जोडेको छ ।
मछिन्द्र २२ खेलमा ३६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।