काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार पुलिसले एफसी खुमलटारलाई २-० गोल अन्तरले हराएको हो ।
पुलिसको जितमा भरत शाह र मोहमद आसिकले एक एक गोल गरे ।
भरतले खेलको ७६ औं मिनेटमा हेडरमार्फत गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा मोहमदले गोल गर्दै पुलिसलाई २-० को जित दिलाए ।
पुलिसको यो आठौं जित हो । पुलिसले २१ खेलमा २८ अंक जोडेको छ ।
पुलिस छैटौं स्थानमा उक्लिएको छ ।
खुमलटारले २१ खेलमा २१ अंक जोडेको छ । खुमलटार पुलिस पुछारमा रहेको छ ।