मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

फिफा र एएफसीका प्रतिनिधि नेपालमा

शुक्रबार, जेठ १२, २०८०खेलपाटी संवाददाता
फिफा र एएफसीका प्रतिनिधि नेपालमा
Classic Tech Internet Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को पछिल्लो अवस्था बुझ्न फिफा र एएफसीका प्रतिनिधि नेपाल आएका छन् । फिफाका साउथ एसियन डेभलोपमेन्ट म्यानेजर प्रिन्स रिफुस र एएफसीका सिनयर म्यानेजर सोनाम जिग्मी सहितको टोली नेपाल आएको हो । एन्फाको पछिल्लो वित्तिय र व्यवस्थापकीय कार्यसम्पादनको अवस्थाबारे रिफुस नेतृत्वको टोलीले रिपोर्टिङ लिनेछ ।

वित्तिय र व्यवस्थापकीय हिसाबले पछिल्लो समय खराब अवस्थाबाट गुज्रिरहेको एन्फामा फिफा प्रतिनिधिको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । वित्तिय अवस्थाको कारण देखाउँदै एन्फाले पछिल्लो समय एएफसीको कार्यक्रममा नेपालको प्रतिनिधित्व बन्द गरेको छ भने एन्फा नेतृत्वले महिला फुटबल, बी र सी डिभिजन लिग सहित उमेर समुह लगायतका अन्य कार्यक्रम यस वर्ष सञ्चालन गर्न सकेन । 

लिग व्यवस्थित नभएको, बिल पेश गरेअनुसार क्लबको रकम निकासा नभएको, पदाधिकारीको तलब बढाएको, खेलाडीको पुरस्कार दिन नसकेको, संस्थागत निर्णय हुन छाडेको, नेतृत्व पारदर्शी हुन नसकेको लगायतको व्यवहोराको पत्र÷रिपोर्टिङ नेपालबाट फिफा र एएफसीमा पुग्ने गरेको छ । सोही अनुसार एन्फाको वित्तिय र व्यवस्थापकीय अवस्थाबारे जानकारी लिन फिफा प्रतिनिधि नेतृत्वको टोली नेपाल आएको बुझिएको छ । टोलीले बिहीबार र शुक्रबार एन्फाका पदाधिकारी र विभाग प्रमुखसँग छलफल गर्ने कार्यसुचि रहेको छ ।

एन्फा प्रवक्ता सुरेस साहले फिफा र एएफसी प्रतिनिधि मण्डलको टोली नेपाल आएको पुष्टि गरे । उनले फिफा प्रतिनिधि सहितको टोलीले एन्फा पदाधिकारी र विभाग प्रमुखसँग रिपोर्टिङ लिएको उल्लेख गरे । ‘एन्फाको वित्तिय अवस्था र यसको व्यवस्थापकीय पक्षबारे पदाधिकारी र विभाग प्रमुखसँग  जानकारी लिने काम भएको छ । एन्फाको व्यवस्थापकीय सुधार र रणनीतिक योजना निर्माणमा फिफा प्रतिनिधिको टोलीले सुझाव दिनेछ ।’ प्रवक्ता साहले भने । 

एन्फामा आर्थिक र वित्तिय सुधार नदेखिएको भन्दै फिफाले नेपालमा ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको छ । वित्तिय सुधारका लागि दिएको निर्देशन एन्फाले पालना नगरेको भन्दै फिफाले नेपालमाथि ‘सफ्ट’ खालको आर्थिक प्रतिबन्ध लगाएको हो । फिफाको ‘सफ्ट’ प्रतिबन्धका कारण एन्फाले योजना अनुसारका कार्यक्रम अघि बढाउन सकेको छैन भने काम कारबाही समेत प्रभावित बनेको छ । 
 

Bajaj Pulsar Motorcycle Ad
#फिफा #एएफसी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने