काठमाडौं । दोश्रो बागमती प्रदेश खेलकुदको जुडोमा ललितपुर टिम च्याम्पियन बनेको छ ।
काठमाडौंको खुशीबुँस्थित बहुद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगितामा ललितपुर ४ स्वर्ण, ३ रजत र २ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।
काभ्रे ३ स्वर्ण, १ रजत र १ कांस्यसाथ दोश्रो भयो । २ स्वर्ण, १ रजत र १ कांस्यसहित नुवाकोट तेश्रोमा सीमित भयो ।
पुरुष÷महिलामा समान ७–७ गरी १४ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा मकवानपुरले २ तथा रामेछाप, सिन्धुपाल्चोक र काठमाडौंले १–१ स्वर्ण जिते ।
प्रतियोगिताको पुरुषमा काभ्रेका प्रवीणकुमार दियाली तथा महिलामा नुवाकोटकी अन्जु पाण्डे उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगिताको अन्तिम दिन महिला ७० केजीमा रामेछापकी रन्जना खड्का, ७८ केजीमुनि मकवानपुरकी एलिसा गोले र ७८ केजीमाथि मकवानपुरकी अस्मिता गोले स्वर्ण चुमे ।
पुरुषको ८१ केजीमुनि काभ्रेका मनोज आचार्य, ९० केजीमुनि नुवाकोटका रामभक्त तामाङ, १०० केजीमुनि काभ्रेका आकाश आले मगर र १०० केजीमाथि काठमाडौंका वसिस्ट महर्जन शीष स्थानमा रहे ।
दुईदिने प्रतियोगितामा ९ जिल्लाका ५७ खेलाडी सहभागी थिए ।