काठमाडौं । श्रीलंकाले नेपालमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बंगलादेशमाथि जित दर्ता गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहिबार भएको दोस्रो प्लेअफ खेलमा श्रीलंकाले बंगलादेशमाथि जित दर्ता गरेको हो ।
श्रीलंकाले बंगलादेशलाई ३-० को साझो सेटले पराजित गर्यो ।
श्रीलंकाले बंगलादेशलाई २५-१६,२५-१५ र २५-७ ले हराएको हो । श्रीलंकाले अब पाँचौ स्थानको लागि किर्गिस्थानको सामना गर्नेछ ।
बिहिबार नै भएको पअिलो प्लेअफ खेलमा किर्गिस्तानले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो । पाँचौ स्थानका लागि शनिबार खेल हुनेछ ।
पराजित बंगलादेशले भने सातौं स्थानका लागि माल्दिभ्ससँग खेल्नेछ । सातौं स्थानका लागि पनि शनिबार नै खेल हुनेछ।
प्रतियोगिता अन्तर्गत शुक्रबार नेपालले काजकिस्तानसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । नेपाल र काजकिस्तानबीचको खेल शुक्रबार अपरान्ह पाँच बजे हुनेछ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार नै उज्वेकिस्तान र भारतबीच पहिलो सेमिफाइनल खेल हुनेछ । उज्वेकिस्तान र भारतबीचको खेल शुक्रबार दिउँसो साँढे दुईमा हुनेछ ।
दुवै सेमिफाइनल विजेताका बिचमा आईतबार फाइनल खेल हुनेछ । नेपाल घरेलु कोर्टमा च्याम्पियनको ह्याट्रिक गर्ने लक्ष्यमा रहेको छ ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।