शनिबार, ०९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुजित र डिना उत्कृष्ट

बुधबार, १० जेठ २०८०खेलपाटी संवाददाता
सुजित र डिना उत्कृष्ट
Loading ad...
mustang rice ad

हेटौडा । मकवानपुरकी डिना गोपाली र काठमाडौंका सहनचन्द्र शाहले जारी बागमती प्रदेश खेलकुदअन्तर्गत एथ्लेटिक्सको १०० मिटर दौडमा स्वर्ण जितेका छन् ।

हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा बुधबार सम्पन्न एथ्लेटिक्समा सय मिटर दौडमा महिलामा डिनाले र पुरुषमा सहनचन्द्रले स्वर्ण जितेका हुन् ।

सहनचन्द्रले ११.८६ सेकेन्ड र डिनाले १४.१९ सेकेन्ड समय लगाए । पुरुषमा चितवनका आशिष राउत र मकवानपुरका गौरव मोक्तानले क्रमशः रजत र कांस्य पदक जिते । महिलामा भने भक्तपुरकी स्वागता खाइजुले रजत र चितवनकी रोजिना गुरुङले कांस्य पदक जिते ।

दश हजार मिटर दौडमा महिलातर्फ सिन्धुपाल्चोककी निनु तामाङले स्वर्ण जितिन् । उनले ४७.१ मिनेट समय निकालिन् ।दोलाखाकी सोनु घोतानेले रजत र धादिङकी लक्ष्मी थापाले कांस्य पदक प्राप्त गरिन् । यसै विधाको पुरुषमा सिन्धुपाल्चोककी मिगमार सिङ्गीले ३६ मिनेट दुई सेकेन्डका साथ स्वर्ण जिते । काठमाडौंका धर्म महर्जन र पवनकुमार साह क्रमशः रजत र कांस्य पदक जित्न सफल भए ।

महिला ४०० मिटर दौडमा रामेछापकी भगवती खड्काले स्वर्ण जितिन् ।उनले एक मिनेट ९ सेकेन्डमा दूरी पूरा गरिन् ।ललितपुरकी रजिना दुलालले रजत र नुवाकोटकी आस्था राईले कांस्य पदक जिते । यसै विधाको पुरुषमा चितवनका अमृत बोटले ५४.१३ सेकेन्डका साथ स्वर्ण पदक प्राप्त गरे ।

काभ्रेका प्रदीप माझीले रजत र सिन्धुलीका कर्णवीर अधिकारीले कांस्य पदक जिते । चार गुणा चार सय मिटर रिलेमा महिलामा भक्तपुर, चितवन र दोलखा शीर्ष तीन स्थानम रह्यो । पुरुषमा भने सिन्धुलीले स्वर्ण जित्दा चितवन र मकवानपुरले क्रमशः रजत र कांस्य जिते ।पुरुष ट्रिपल जम्पमा चितवनका सुजित महतोले स्वर्ण जिते । उनी १३.१९ मिटर उचाईमाथि उफ्रिए । चितवनकै सुदीप महतोले रजत र सिन्धुलीका रोशनकुमार दनुवारले कांस्य पदक पाए ।

महिलामा भने चितवनकी आसिका गुरुङले ९.६७ मिटर उचाई उफ्रिदै स्वर्ण प्राप्त गरिन् । काभ्रेकी विजया गुरुङले रजत र प्रनिशा महतोले कांस्य पदक जिते । जाप्लिन थ्रोको महिलामा चितवनकी अप्सरा श्रेष्ठले ३०.५० मिटर पर फ्याक्दै स्वर्ण जितिन् । रामेछापकी अनिता आले रजत र चितवनकी दिना सुनार कांस्य पदक जित्न सफल भए । पुरुषमा पनि चितवनकै दीपेश महतोले सफलता पाए । उनले ४९.४० मिटर पर फ्याके ।मकवानपुरका सुमन योञ्जनले रजत र नुवाकोटका रूपेश राईले कांस्य पदक जिते ।

पुरुषमा चितवनका सुजित महतो र महिलामा मकवानपुरकी डिना गोपाली उत्कृष्ट खेलाडी घोषित भए । सुजितले तीन स्वर्ण र एक रजत पदक जिते । डिनाले दुई स्वर्ण र एक रजत जिते । प्रतियोगितामा चितवन १३ स्वर्ण, सात रजत र ९ कांस्यसहित टिम च्याम्पियन भयो । त्यस्तै सिन्धुपाल्चोक दोस्रो हुँदा पाँच स्वर्ण, एक रजत र एक कांस्य जित्यो । रामेछाप र मकवानपुर संयुक्त रूपमा तेस्रो भयो । दुवैले समान तीन स्वर्ण, तीन रजक र दुई कांस्य पदक जिते ।

Loading ad...
LiNing Ad
सुजित र डिना उत्कृष्ट खेलाडी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित