काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा एपीएफ क्लबले जित निकालेको छ ।
च्यासल मैदानमा बुधबार एपीएफ संकटा क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
एपीएफको जितमा आवाश लामिछानेले दुई गोल गरे ।
संकटाका मनिस डाँगीले एक गोल फर्काए ।
खेलको २५ औं मिनेटमा आवाशले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा आवाशले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ५० औं मिनेटमा मनिसले गोल गरेपनि संकटा २-१ ले स्तब्ध भयो ।
एपीएफको यो सातौं जित हो । एपीएफले २१ खेलमा २६ अंक जोडेको छ ।
एपीएफ सातौं स्थान्म्मा रहेको छ ।
संकटाले २१ खेलमा २३ अंक जोडेको छ ।
संकटा १२ औं स्थानमा रहेको छ ।