काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
पुलिसको जितमा अहमद हिजाजीले निर्णायक गोल गरे ।
हिजाजीले खेलको २८ औं मिनेटमा गोल गरेका थिए ।
पुलिसको यो सातौं जित हो । पुलिस २० खेलमा २५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।
थ्री स्टार २० खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।