काठमाडौं । काजकिस्तानले नेपालमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा श्रीर्लकालाई हराउँदै काजकिस्तानले लगातार दोस्रो जित दर्ता गरेको हो ।
यस जितसँगै काजकिस्तानको सेमिफाइनल सम्भाबना बलियो भएको छ ।
प्रतियोगिताको बलियो टोलीका रुपमा रहेको काजकिस्तानले श्रीलंकालाई ३-१ को सेटमा हराएको हो ।
काजकिस्तानले श्रीलंकालाई २५-१६,२८-२६,२५-१८ र २९-२७ ले हराएको हो ।
जितसँगै काजकिस्तान समूह बी को शीर्ष स्थानमा रहेको छ । काजकिस्तानले पहिलो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो ।
श्रीलंकाको भने यो लगातार दोस्रो हार हो । लगातार दोस्रो हारसँगै श्रीलंकाको सेमिफाइनल पुग्ने सम्भावना लगभग समाप्त भएको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा श्रीलंक उज्वेकिस्तानसँग पराजित भएको थियो ।
प्रतियोगिता अन्तर्गत मंगलबार नै नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेशलाई पराजित गरि एक खेल अगावै सेमिफाइनल पुग्ने लक्ष्यमा नेपाल रहेको छ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो तीन बजे हुनेछ ।
यस्तै मंगलबारको अन्तिम खेलमा उज्वेकिस्तान र माल्दिभ्सबीच समेत प्रतिस्पर्धा हुनेछ ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।
प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता रहेको छ ।
समूह 'ए' मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह 'बी' मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।
राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।