मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

बाग्मती प्रदेश खेलकुदको भव्य उद्घाटन 

आइतबार, जेठ ७, २०८०खेलपाटी संवाददाता
बाग्मती प्रदेश खेलकुदको भव्य उद्घाटन 
Classic Tech Internet Ad

हेटौंडा ।  दोस्रो बाग्मती प्रदेश खेलकुद प्रतियोगिताको एक भव्य समारोहकाबीच आइतबार उद्घाटन भएको छ ।

बाग्मती प्रदेशको राजधानी हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

त्यसअघि उद्घाटन समारोहमा १३ जिल्लाका खेलाडी, तीन विभागीय टोली नेपाल आर्मी, पुलिस र सशस्त्र प्रहरी बल, खेल निर्णायक तथा प्रशिक्षक र विभिन्न जातजातीका समूहले मार्चपास गरेका थिए ।

सो अवसरमा ठूलो आतिसीबाजी भएको थियो । उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल र आर्मीलगायतले विभिन्न जातजाती र भेषभुसा झल्कने नृत्य प्रस्तुत गरे ।

प्रमुख अतिथी जमकट्टेलद्वारा हस्तान्तरण गरिएको ओलम्पिक टर्चलाई ओलम्पियनहरू भक्तबहादुर सापकोटा, जितबहादुर मोक्तान र रामबहादुर गिरीले टर्च  र्याली गराएका थिए । एथ्लेटिक्सका प्रमुख प्रशिक्षक चन्द गुरुङले प्राविधिकको तर्फबाट सपथ लिए । आयोजक बाग्मती प्रदेशका सदस्यसचिव तथा प्रतियोगिता संयोजक सूर्यलाल भण्डारीले प्रतियोगिताका आगन्तुक पाहुनालाई स्वागत गर्दै कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको रूपमा पनि यो प्रतियोगितालाई लिइएको बताए ।

बाग्मती प्रदेश सरकारको सहयोगका कारण खेलाडीहरूका लागि नियमित रूपमा हुनुपर्ने प्रदेशको ठूलो आयोजना गर्न सम्भव रहेको उनको भनाइ रह्यो । मुख्यमन्त्री जमकट्टेलले जारी प्रतियोगिता मात्र नभई यो प्रदेशले अन्तर प्रदेश खेलकुद प्रतियोगिता पनि गर्नुपर्ने बताए । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने राष्ट्रिय खेलकुदका लागि यो प्रदेशले आफूलाई उत्कृष्ट तयारी गराउन सक्ने औंल्याए ।

उद्घाटन समारोहमा बाग्मति प्रदेश खेलकुद परिषद्की अध्यक्ष तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तान, बाग्मती प्रदेशका मन्त्रीहरू, राखेपका बोर्ड सदस्यद्वय अन्जन धमला, प्रकास कुसारी र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायत उपस्थिति थिए । प्रतियोगितामा बाग्मति प्रदेशका १३ जिल्लाका कुल दुई हजार पाँच सय दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा १४२७ पुरुष र १०७५ महिला खेलाडी रहेको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव सूूर्यलाल भण्डारीले जनाएका छन् ।

काठमाडौंमा जुडो र उसु, ललितपुरमा पौडी तथा चितवनमा क्रिकेटका प्रतिस्पर्धा हुनेछन् । बाँकी ९ खेल मकवानपुरका विभिन्न खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगिता जेठ १३ गतेसम्म सञ्चालन हुनेछ । पहिलो दिन चितवनमा क्रिकेट खेल सुरु भइसकेको छ । बाँकी खेल भने सोमबारदेखि सुरु हुँदै छ । प्रतियोगितामा २१९ स्वर्ण, २१९ रजत र ३५६ कांस्य गरी कुल सात सय ९४ पदकका लागि १३ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको स्वर्ण विजेताले पाँच हजार, रजत पदक विजेता चार हजार र कांस्य विजेताले तीन हजार पुरस्कार पाउने बाग्मती प्रदेश खेलकुद परिषद्का कार्यालय प्रमुख देवनारायण चौधरीले जानकारी दिए । प्रतियोगिताका लागि कुल ९ करोड रुपैयाँ अनुमानित खर्च हुने आयोजकले जनाएको छ ।

महिला क्रिकेटमा चितवन र काठमाडौं विजयी

काठमाडौं र चितवनले बाग्मती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा आइतबार विजयी सुरुआत गरेका छन् ।

चितवनको गौतम बुद्ध क्रिकेट मैदानमा आइतबारदेखि सुरु भएको महिला क्रिकेटमा काठमाडौंले भक्तपुरलाई ६ विकेट र चितवनले ललितपुरलाई १० विकेटले हराउँदै विजयी सुरुआत गरेका हुन् । बाग्मती प्रदेश खेलकुद प्रतियोगितामा सहभागी १३ खेलमध्ये महिला क्रिकेट पहिलो प्रतिस्पर्धा हो । सोमबार भएको पहिलो खेलमा भक्तपुरले प्रस्तुत गरेको ७५ रनको लक्ष्य काठमाडौंले ९.४ ओभरमा चार विकेटको क्षतिमा पूरा  गर्यो । काठमाडौंको जितमा यशोदा विष्टले सर्वाधिक १४ रन, विन्दा कटवालले १३ रन र अस्मिता खरेलले ११ रनको योगदान दिए ।

भक्तपुरले अतिरिक्त ३५ रन खर्चिएपछि काठमाडौंलाई जित निकाल्न सहज भयो । भक्तपुरकी पूजा साउदले दुई तथा स्वेच्छा खड्काले एक विकेट लिइन् । त्यसअघि ब्याटिङ गरेको भक्तपुरले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेटको क्षतिमा ७५ रनको झिनो योगफल खडा ग¥यो । भक्तपुरका लागि एलिशा खड्काले २२ रन र पूजा साउदले १० रनबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । काठमाडौंको बलिङमा अस्मिता खरेलले तीन विकेट तथा यशोदा विष्ट र संस्कृति फुँयालले एक विकेट लिए ।

अर्को खेलमा ललितपुरले प्रस्तुत गरेको ८८ रनको लक्ष्य चितवनले ९ ओभरमा विनाविकेट पूरा गर्यो । चितवनको जितमा ओपनरद्वय हेलिसा गुरुङ १९ रन र सुमन खतिवडा ५३ रनमा अविजित रहे । अर्धसतक प्रहार गरेकी सुमनको इनिङमा ९ चौका र एक छक्का रह्यो । ललितपुरका बलर यी ओपनरसामू निरिह भए । त्यसअघि ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ८७ रनको योगफल खडा गर्यो ।

ललितपुरका लागि यशु पाण्डले १६ रन र दीपा पौडेलले ११ रन बटुल्दा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । चितवनको बलिङसामू ललितपुरका ब्याटर लामो समय टिक्नै सकेनन् । चितवनको बलिङमा हेलिशा, निसा तामाङ र सुमन खतिवडाले समान दुई विकेट लिँदै ललितपुरको ब्याटिङ धरासयी बनाए ।

Bajaj Pulsar Motorcycle Ad
बाग्मती प्रदेश खेलकुदको भव्य उद्घाटन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने