मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

एसियन गेम्समा २८ खेल सहभागी गराउने निर्णय 

आइतबार, जेठ ७, २०८०खेलपाटी संवाददाता
एसियन गेम्समा २८ खेल सहभागी गराउने निर्णय 
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले आसन्न एसियन गेम्समा २८ खेलमा सहभागी हुने निर्णय गरेको छ ।

आईतबार युवा तथा खेलकुद मन्त्रालयमा बसेको बोर्ड बैठकले आसन्न एसियन गेम्समा २८ खेलका २ सय खेलाडी सहभागी गराउने निर्णय गरेको हो । 

१९ औं एसियन गेम्सको तयारी, सहभागीता लगायतको विषयमा निर्णय गर्न राखेपको बोर्ड बैठक आईतबारका लागि आह्वान गरिएको थियो । 

‘बैठकले २८ खेलका २ सय खेलाडी एसियन गेम्समा सहभागी गराउने निर्णय गरेको छ ।’ राखेप सदस्य सचिव टंकलाल घिसिङले खेलपाटीसँग भने, ‘सहभागी खेलाडीको विशेष प्रशिक्षण तीन चरणमा सञ्चालन गर्ने र बन्द प्रशिक्षण दुई महिनाको रहने गरि निर्णय भएको छ ।’ 

‘पदकको सम्भावना भएका खेल र खेलाडीलाई बैदेशिक प्रशिक्षणमा समेत पठाउने र कतिपय खेलका विदेशी प्रशिक्षकलाई नेपालमा झिकाएर एसियन गेम्सको तयारी गराउने समेत निर्णय भएको छ ।’ घिसिङले थपे । 

राखेपले यसअघि २३ खेललाई एसियन गेम्समा सहभागी गराउने निर्णय गरेको थियो । तर सम्भावना बोकेका र अन्तराष्ट्रिय नतिजा र प्रर्दशनका आधारमा ५ खेललाई अन्तिम समयमा थप गरिएको थियो ।

रग्बी, स्क्वास, टेनिस, इ स्पोर्टस र डान्स स्पोर्टस सहित पाँच खेललाई पछिल्लो समय एसियन गेम्समा सहभागी गराउने सुचिमा राखिएको हो । 

यसअघि राखेपले पदकको सम्भावनाका आधारमा तेक्वान्दो, कराँते र बक्सिङ तथा साग गेम्समा पदक सम्भावनाका आधारमा एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल, फेन्सिङ, ह्याण्डबल, कबड्डी, टेबल टेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट, सुटिङ सहितका २३ खेललाई एसियन गेम्समा सहभागी गराउने निर्णय गरेको थियो । 

बैठकले एसियन गेम्सको तयारी र सहभागीताका लागि २९ करोडको बजेट प्रस्तुत गर्दै सो बजेट युवा तथा खेलकुद मन्त्रालयमार्फत सरकारसँग माग गर्ने निर्णय समेत गरेको छ । 

यस्तै, बैठकले जिल्ला र क्षेत्रमा कार्यरत परिषद्का कर्मचारीको हकमा अर्को व्यवस्था नभएसम्का लागि नियमावली अनुसार प्रदेश र प्रदेश मातहतका जिल्लामा कामकाज गर्ने गरि खटाउने निर्णय समेत गरेको छ । यसअघि नवौं राष्ट्रिय खेलकुदको तयारीको सन्दर्भमा राखेपले आफु मातहतका सम्पुर्ण कर्मचारीलाई प्रदेश मातहत काम गर्ने गरि व्यवस्था गरेको छ ।

पछिल्लो बोर्ड बैठकले समायोजनको नहुन्जेलसम्मका लागि जिल्लामा कार्यरत कर्मचारीलाई प्रदेश मातहत काम गर्ने गरि खटाउने निर्णय गरेको छ । पछिल्लो निर्णयले कर्मचारी विहिन अवस्थामा रहेका प्रदेश खेलकुद विकास परिषदलाई राहत मिलेको छ । 
 

 

Bajaj Pulsar Motorcycle Ad
#एसियन गेम्स

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने