काठमाडौं । पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय महिला भलिबल फाउन्डेसनले राष्ट्रिय महिला भलिबल टिमका सदस्यलाई जर्सी उपहार प्रदान गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा प्रशिक्षणरत खेलाडीलाई फाउन्डेसनले जर्सी उपहार प्रदान गरेको हो ।
नेपालले काभा वुमन्स च्याम्पियनसिप घरेलु मैदानमा खेल्दैछ । महिला खेलाडीलाई हौसला प्रदान गर्न फाउन्डेसनले जर्सी उपहार दिएको हो ।
भलिबलका पूर्व अन्तराष्ट्रिय खेलाडी रेशम गुरुङले सो जर्सी फाउन्डेसनलाई प्रायोजन गरेका थिए ।
अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन लागेको महिला खेलाडीलाई प्रोत्साहन गर्न जर्सी उपहार प्रदान गरिएको फाउन्डेसनकी कोषाध्यक्ष निलम बज्राचार्यले बताईन् ।