काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब बराबरीमा रोकिएको छ ।
च्यासल मैदानमा बिहीबार भएको खेलमा मनाङले संकटा क्लबसँग २-२ गोलको बराबरी खेलेको हो ।
मनाङको लागि कोफी कुडोले दुई गोल गरे । संकटाका युसेफ एट्रिस र मनिष डाँगीले एक एक गोल गरे ।
मनाङले दुई पटकको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो ।
खेलको १९ औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ४४ औं म्मिनेत्मा युसेफले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ४५ औं कोफीले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ५२ औं मिनेटमा मनिषले गोल गर्दै संकटालाई २-२ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै मनाङले १९ खेलमा २३ अंक जोडेको छ ।
मनाङ सातौं स्थानमा उक्लिएको छ ।
संकटाले १९ खेलमा २२ अंक जोडेको छ ।
संकटा आठौं स्थानमा उक्लिएको छ ।