काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार थ्री स्टार र आर्मीले १-१ गोलको बराबरी खेलेका छन् ।
रोमान्चक खेलमा सुरुआती अग्रता भने थ्री स्टारले बनाएको थियो ।
खेलको ६९ औं मिनेटमा लाकेन लिम्बुले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ८६ औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै थ्री स्टारले १८ खेलमा २६ अंक जोडेको छ ।
थ्री स्टार चौंथो स्थानमा रहेको छ ।
आर्मीले १८ खेलमा २५ अंक जोडेको छ ।
आर्मी छैटौं स्थानमा रहेको छ ।