काठमाडौं । नेपाल अटो जिमखाना च्याम्पियनसिपको उपाधि आशिष भारतीले जितेका छन् । नेपाल अटोमोबाइल्स एसोसयन नासा नेपाल बागमती प्रदेश संघद्धारा आयोजित प्रतियोगितामा आशिष पहिलो बनेका हुन् ।
शनिबार राति सम्पन्न प्रतियोगितामा फिलिक्स भान दोस्रो र दिग्विजय सिंह अधिकारी तेस्रो भए । विजेताले क्रमश २७ हजार, ९ हजार तथा तीन जना रुपैयाँ प्राप्त गरे ।
महिलातर्फ वेष्ट टाइमर दुर्गा लक्ष्मी रन्जितकार तथा चितवनतर्फ वेस्ट पर्फरमेन्स अवार्ड विमल पौडेलले प्राप्त गरे ।
भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, एफआईए वल्ड काउन्सिल मेम्बर गोबिन्द भट्टराई तथा नासा नेपाल बागमतीका अध्यक्ष राजन पियाले विजेता खेलाडीलाई नगद, शिल्ड र प्रमाण पत्र प्रदान गरेका थिए ।
पुरुषबाट प्रथम आशिष तथा महिलाकी वेस्ट फरफरमर दुर्गालाई आगामी नोभेम्बरमा हुने एसिया प्यासिफिक अटो जिमखाना च्याम्पियनसिपमा नेपालबाट छनोट गरिएको नासा नेपालले जनाएको छ । प्रतियोगिता चाईनिज ताइपेईमा हुने कार्यक्रम रहेको छ ।
राष्ट्रिय खेलकुद परिषद्, भरतपुर महानगर, उद्योग वाणिज्य संघको सहयोगमा सञ्चालित प्रतियोगितालाई महालक्ष्मी ड्राइभिङ सेन्टरले प्राविधिक सहयोग गरेको हो ।