काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले सशस्त्र प्रहरी बल एपीएफविरुद्ध शानदार जित निकालेको छ ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोले एपीएफविरुद्ध ३–० को जित निकालेको हो ।
सातदोबाटोको जितमा दिपक सिंह ठुकुरी नायक रहे । उनले दुई गोल गरे । अर्को गोल विलियमको नाममा रह्यो ।
खेलमा अग्रता सातदोबाटोले विदेशी खेलाडी विलियमको गोलमा १३ औं मिनेटमा लिएको थियो ।
दिपक सिंह ठकुरीले ३६ औं मिनेटमा ललितपुरे क्लबको अग्रता दोब्बर बनाए । उनले ७७ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई ३–० को शानदार जित दिलाए ।
जित सहित सातदोबाटो १७ खेलमा २६ अंक सहित तालिकाको चौथों स्थानमा उक्लिएको छ । एपीएफ २२ अंक सहित सातौं स्थानमा छ ।