काठमाडौं । आदिवासी खेलकुद संघ नेपालको प्रथम साधारण सभाले भुपेन्द्र गुरुङलाई अध्यक्षमा निर्वारोध निर्वाचित गरेको छ ।
साधारण सभाले भुपेन्द्रको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्यसमिति समेत २ वर्षका लागि निर्विरोध चयन गरेको छ ।
नेपाल उमा कुङफु संघका महासचिव समेत रहेका गुरुङ जर्मनी भएको वल्र्ड मार्सल आर्ट्स गेम्स तथा इङल्यान्डमा भएको युरोपियन च्याम्पियनसिपका स्वर्ण विजेता हुन् ।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा दिपेन गुरुङले उपाध्यक्ष, सुरेश मगरले सचिव तथा मिनबहादुर गुरुङले कोषाध्यक्षको जिम्मेवारी पाए ।
शेरबहादुर गुरुङ, धनबहादुर गुरुङ, जगदीश गुरुङ, रुपकाजी मगर र गुना गुरुङ सदस्यमा चयन भए । साधारण सभाले नेपाल उमा कुङफु संघका सहायक मुख्य प्रशिक्षक एवं अन्तर्राष्ट्रिय निर्णायक उद्धव थापा मगरलाई संघको मुख्य प्रशिक्षकमा मनोनित गरेको छ ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्याललगायतले एक कार्यक्रमबीच बधाइ दिदै प्रमाण पत्र वितरण गरे ।
अध्यक्ष गुरुङले विशेष गरी परम्परागत खेलको जर्गेना तथा प्रवद्र्धन गर्ने उद्देश्यले संघ स्थापना गरिएको बताए ।