शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

करण र सावित्रा वर्ष उत्कृष्ट खेलाडी

शनिबार, २३ बैशाख २०८०नारायण क्षेत्री
करण र सावित्रा वर्ष उत्कृष्ट खेलाडी
Loading ad...
mustang rice ad

पोखरा । वर्ष उत्कृष्ट पुरुष खेलाडी तर्फको अर्वाड क्रिकेटका करण केसी र वर्ष उत्कृष्ट महिला तर्फको अवार्ड फुटबलकी सावित्रा भण्डारीले हात पारेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरामा आयोजित सातौं संस्करणको पोखरा स्पोर्टस अवार्डमा उनीहरुले अवार्ड जित्न सफल भए । दुवै जनाले टेल्जी नेपालको इलेक्ट्रिक स्कुटर र ट्रफी प्राप्त गरे ।

लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका प्रशिक्षक विद्याप्रसाद मर्सानी सम्मानित भए । उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरियो । वर्ष उत्कृष्ट प्रशिक्षकबाट आर्चरीका किशोरकुमार गुरुङ सम्मानित भए । उनलाई नगद ३५ हजार, ट्रफी र सम्मानपत्रले सम्मान गरियो ।

वर्ष उत्कृष्ट खेलकुद संस्थाको अवार्ड कास्की जिल्ला ह्याण्बल संघले प्राप्त गर्यो । वर्ष उदियमान खेलाडीको अवार्ड क्रिकेटका सुवास भण्डारीले प्राप्त गरे । वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनाले प्राप्त गरे । उनीहरुले नगद ३५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

नवौं राष्ट्रिय खेलकुदका क्रममा ज्यान गुमाएका प्याराग्लाइडिङका खेलाडी नीसिन थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मानबाट सम्मानित गरियो । अवार्ड विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, प्रतिनिधिसभा सदस्य विद्या भटराई, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मञ्चका अध्यक्ष दीननाथ बराल लगायते पुरस्कार वितरण गरे ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले पोखरामा राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन पहल गर्ने र यसका लागि बजेट विनियोजन गरिने प्रतिवद्धता जनाए । खेलकुदमा राजनीति हुन नहुने उनको भनाइ छ । राखेपका सदस्य सचिव घिसिङले पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा जोड्न आफूले प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Loading ad...
LiNing Ad
करण र सावित्रा वर्ष उत्कृष्ट खेलाडी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

बास्केटबल र फुटसल हुने

बास्केटबल र फुटसल हुने

 टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने