काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा रोयल ब्लु सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सातदोबाटो र मनाङले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
प्रतिस्पर्धात्मक खेल दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।
खेलको ३७ औं मिनेटमा सातदोबाटोका विलियम ओपोकुको सशक्त प्रहार मनाङका गोलकिपर दीप कार्कीले जोगाए।
यस्तै ४३ औं मिनेटमा मनाङका कोफी टिमोथीले गोल गरेका थिए । तर, अफसाइड रहदा उनको गोलले मान्यता पाएन।
यस बराबरीसँगै सातदोबाटोले १५ खेलमा २३ अंक जोडेको छ । मनाङले १५ खेलमा १९ अंक जोडेको छ।
खेलपछि मनाङका नवनियुक्त मुख्य बिष्णु गुरुङले ३ अंकको लागि खेलेको तर १ अंकमा समेत खुसी रहेको बताए ।
सातदोबाटोकाका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले स्कोरमा चुक्दा ३ अंक गुमाउनु परेको बताए ।