काठमाडौं । किर्गिस्तानमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगका लागि बन्द प्रशिक्षणमा १८ खेलाडी छनोट भएका छन् ।
नेपाल भलिबल संघले शुक्रबार खुल्ला छनोटबाट प्रशिक्षणका लागि १८ खेलाडी छनोट गरिएको जनाएको छ । नेपाली टोलीले बैशाख २५ बाट प्रशिक्षण सुरु गर्ने भलिबल संघले जनाएको छ ।
काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान,उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्किमिनिस्तान रहेको छ ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता आगामी जुन १८ देखि २५ सम्म हुनेछ ।
छनोट भएका खेलाडी -
हरिहजुर थापा, लोकेन्द्र गिरी, सम्राट भण्डारी, मान बहादुर श्रेष्ठ, टेकराज अवस्थी, धिरोज बस्नेत, राजेन्द्र बिष्ट,विशाल बिक, रविन चन्द, रवि केसी, हेमन्त मल्ल, दुर्गा खड्का, हरिबहादुर अधिकारी, सफल बिक, मनिष मानन्धर, धन बहादुर भट्ट क्षेत्री, भीम गाहा, बिनोद चन्द