काठमाडौं । युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी डिगबहादुर लिम्बुले प्राप्त गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेता लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
कांग्रेस नेता लिम्बु मोरङ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
नवनियुक्त मन्त्री लिम्बुको बिहीबार दिउँसो शपथ ग्रहण हुनेछ ।
लामो समयपछि प्रचण्ड नेतृत्वको सरकारले खेलकुद मन्त्री पाएको हो ।