काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाई संघको शाखा क्लब स्ट्रोङगेस्ट मुवाँथाई क्लबको आयोजनामा समर क्याम्प मंगलबारदेखि पोखरा रंगशालामा सुरु भएको छ ।
समर क्याम्पको गण्डकी प्रदेशका सांसद् प्रकाश बरालले एक कार्यक्रमबीच उद्घाटन गरे ।
समर क्याम्पमा विभिन्न विद्यालयका जम्मा १ सय १८ प्रशिक्षार्थीको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य खगेन्द्र क्षेत्रीले जनाएका छन् ।