काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब बराबरीमा रोकिएको छ ।
च्यासल मैदानमा मंगलबार थ्री स्टारले एफसी खुमलटारसँग २-२ गोलको बराबरी खेलेको हो ।
खेलको चौंथो मिनेटमा लाकेन लिम्बुको गोलबाट थ्री स्टारले सुरुआती अग्रता बनाएको थियो ।
पहिलो हाफको इन्जुरी समयमा मेसुके ओलुमोउले गोल गर्दै खुमलटारलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ५० औं मिनेटमा समिर बिनोङले गोल गर्दै खुमलटारलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ६७ औं मिनेटमा आदित्य शाक्यले पेनाल्टीमार्फत गोल गर्दै थ्री स्टारलाई २-२ गोलको बराबरीमा ल्याए।
यस बराबरीसँगै थ्री स्टारले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।
थ्री स्टार १४ खेलमा २३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
खुमलटारले १४ खेलमा १४ अंक जोडेको छ ।
खुमलटार पुछारमा रहेको छ ।