काठमाडौं । दोस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता वैशाख अन्तिम साताबाट सुरु हुने भएको छ ।
त्रिभुवन आर्मी क्लबले मंगलबार पत्रकार समेलन गर्दै प्रतियोगिता वैशाख २८ देखि जेठ ५ गतेसम्म हुने जनाएको छ ।
भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल र मिक्स डबल्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा पुरुष एकल, महिला एकल र मिक्स डबल्सका विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः ५० हजार, २५ हजार र १५÷१५ हजार रुपियाँ पाउने छन् ।
प्रतियोगिताको पुरस्कार राशी करिब १० लाख रुपियाँ रहेको बताईएको छ ।
प्रतियोगितालाई नेपाल टेनिस संघले प्राविधिक सहयोग गर्नेछ ।