जोकोभिचलाई युएस ओपन खेल्न बाटो खुल्यो
मंगलबार, बैशाख १९, २०८०खेलपाटी संवाददाता

काठमाडौं । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचलाई युएस ओपन खेल्न बाटो खुलेको छ ।
अमेरिकाको सरकारले कोभिड-१९ विरुद्धको खोपको नीति परिवर्तन गरेसँगै जोकोभिचले युएस ओपन खेल्ने सम्भावना बढेको छ ।
अमेरिकाले अन्तर्राष्ट्रिय यात्रुहरूलाई अब कोभिड-१९ विरुद्धको खोप लगाउन नपर्ने बताएको छ ।
गत वर्ष कोभिड-१९ को खोप नलगाएको कारण जोकोभिच युएस ओपन खेल्नबाट बन्चित भएका थिए ।
२२ पटकको ग्राण्डस्लाम विजेताले तीन पटक युएस ओपन जितेका छन् ।
खोपकै कारण अघिल्लो वर्ष जोकोभिचले अष्ट्रेलियन ओपन समेत गुमाएका थिए । तर, यस वर्ष उनले अष्ट्रेलियन ओपन जितिसकेका छन् ।
जोकोभिचलाई युएस ओपन खेल्न बाटो खुल्यो






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


