काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबका मुख्य प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिएका छन् ।
कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङले सोमबार सामाजिक संजाल फेसबुकबाट श्रेष्ठले क्लब छाडेको जनाएको छ।
व्यक्तिगत कारण देखाएर श्रेष्ठले क्लब छाडेको मनाङले जनाएको छ ।
मनाङले जारी सहिद स्मारक 'ए' डिभिजन लिगका लागि उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
अनुभवी प्रशिक्षक किरणको नेतृत्वमा मनाङले पछिल्लो ६ खेल लगातार हार व्यहोरेको थियो । जसको कारण उनी दबाब रहेका थिए ।
मनाङ लिगमा पहिलो पटक लगातार ६ खेलमा पराजित भएको हो ।
मनाङले १३ खेलमा १५ अंक जोडेको छ । मनाङ दशौँ स्थानमा रहेको छ ।