काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार हिमालयन र आर्मीले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ५५ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
शनिबार रोकिएको हिमालयन र आर्मीबीचको बाँकी खेल आइतबार भएको हो ।
शनिबार भारी वर्षा र चट्याङको कारण हिमालयन र आर्मीबीचको खेल ७१ औं मिनेटमा रोकिएको थियो । त्यहिँ समयबाट आइतबार दुई टोलीबीचको खेल भएको हो ।
यस बराबरीसँगै हिमालयनले १३ खेलमा १४ अंक जोडेको छ ।
आर्मीले १३ खेलमा २० अंक जोडेको छ ।