काठमाडौं । नेपालकी चन्दु शाहीले गोल्ड कोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आइतबार स्वर्ण जितेकी छन् ।
अस्ट्रेलियाको गोल्डकोस्टस्थित करारा रंगशाला भएको महिला ३० वर्षमुनि एकल पुम्सेमा चन्दुले स्वर्ण जितेकी हुन् ।
विभिन्न ६ राष्ट्रका खेलाडी सहभागी उक्त स्पर्धामा चन्दुले सर्वाधिक ६.३० अंक जोडिन् ।
६.२५ अंकसाथ अस्ट्रेलिया दोश्रो तथा ६.१० अंकसाथ न्युजिल्यान्डका खेलाडी तेश्रो भए ।