भक्तपुर बक्सिङ संघमा पुनः प्रजापति
आइतबार, बैशाख १७, २०८०खेलपाटी संवाददाता

भक्तपुर । भक्तपुर जिल्ला बक्सिङ संघको अध्यक्षमा पुनः रामकृष्ण प्रजापति चुनिएका छन् ।
संघको शनिबार भएको साधारण सभा तथा जिल्ला अधिबेशनले प्रजापतिको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।
संघको उपाध्यक्षमा राजन कुम्पाख र सुरोज ग्वाछा, सचिवमा साजन लघु र कोषाध्यक्षमा लक्ष्मीप्रसाद चवाल चुनिए ।
सदस्यहरुमा गौतम सुजखु, केदार तुइतुई, गणेश साँगामी, राजाराम शाख, राजु दुवाल, दिनेश बासुकला, निशा लोहला र तुल्सीराम ग्वाछालाई चयन गरिएको छ ।
भक्तपुर बक्सिङ संघमा पुनः प्रजापति














-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
