शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

'ए' डिभिजन लिग : चार खेल हुँदै

शनिबार, बैशाख १६, २०८०खेलपाटी संवाददाता
'ए' डिभिजन लिग : चार खेल हुँदै
Classic Tech Internet Ad

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार चार खेलहरु हुँदैछन् ।

लिगको १३ औं चरण अन्तर्गत आइतबार अन्तिम चार खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र दुई खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता मछिन्द्र फुटबल क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र सातदोबाटोबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

मछिन्द्र पाँचौं जित निकाल्ने योजनामा हुनेछ । मछिन्द्र १२ खेलमा १७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

सातदोबाटो सातौं जितको खोजीमा हुनेछ । सातदोबाटो १२ खेलमा २१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

रंगशालामै हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीचको बाँकी खेल समेत हुनेछ । हिमालयन र आर्मीबीचको खेल दिउँसो ४:३० बजे सुरु हुनेछ ।

हिमालयन र आर्मीबीचको खेल शनिबार भारी वर्षा र चट्याङको कारण स्थगित भएको थियो ।

हिमालयन र आर्मीबीचको खेल ७१ औं मिनेटमा रोकिएको थियो । त्यहिँ समयबाट दुई टोलीबीचको खेल हुनेछ ।

हिमालयन र आर्मी १-१ गोलको बराबरीमा रहेका छन् । नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर, खेलको ५५ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

हिमालयन आज चौंथो जितको योजनामा हुनेछ । हिमालयन १२ खेलमा १३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

आर्मी छैटौं जितको खोजीमा हुनेछ । आर्मी १२ खेलमा १९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यस्तै एन्फा कम्प्लेक्समा चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र मनाङबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।

यस खेल शनिबार नै रंगशालामा हुने तय थियो । तर, भारी वर्षा र चट्याङको कारण खेल स्थगित भएको हो ।

चर्च ब्वाइज पाँचौं जित निकाल्न चाहन्छ । चर्च ब्वाइज १२ खेलमा १८  अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

मनाङ पनि पाँचौं जितको योजनामा हुनेछ । मनाङ १२ खेलमा १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

एन्फा कम्प्लेक्समै संकटा क्लब र जावलाखेल युथ क्लबबीचको बाँकी खेल हुनेछ । संकटा र जावलाखेलबीचको बाँकी खेल दिउँसो १ बजे सुरु हुनेछ ।

संकटा क्लब र जावलाखेलबीचको खेल शनिबार भारी वर्षा र चट्याङको कारण स्थगित भएको थियो । दुई टोलीबीचको खेल ५१ औं मिनेटमा स्थगित भएको थियो ।

संकटाविरुद्ध जावलाखेल १-० ले अघि रहेको छ । फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए  ।

संकटा आज पाँचौं जितको खोजीमा रहेको छ । संकटा १२ खेलमा १५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

जावलाखेल आठौं जित निकाल्न चाहन्छ । जावलाखेल १२ खेलमा २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad
'ए' डिभिजन लिग : चार खेल हुँदै

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल

हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

Bajaj Pulsar Motorcycle Ad
टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

नेपालले भारतलाई हरायो

नेपालले भारतलाई हरायो