काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल स्थगित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जारी खेल भारी वर्षा र चट्याङको कारण स्थगित भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिमालयन र आर्मीबीचको बाँकी समयको खेल आइतबार हुने जनाएको छ । खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ ।
हिमालयन र आर्मीबीचको खेल ७१ औं मिनेटमा रोकिएको थियो । त्यहिँ समयबाट दुई टोलीबीचको खेल हुनेछ ।
हिमालयन र आर्मी १-१ गोलको बराबरीमा रहेका छन् ।
नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५५ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।