काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेसमा बिहीबार फ्रेन्ड्स र एपीएफले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने एपीएफले बनाएको थियो ।
खेलको २७ औं मिनेटमा प्रदिप लामाले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । कप्तान नविन लामाको पासमा उनले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरेका थिए ।
तर, खेलको ५२ औं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई १-१ गोलको बराबरीमा ल्याए । टोरिक जेब्रिनको लामो पासमा उनले गोल गरेका थिए ।
एपीएफको यो तेस्रो बराबरी हो । फ्रेन्ड्सको पनि यो तेस्रो बराबरी हो ।
एपीएफ १३ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
फ्रेन्ड्स १३ खेलमा १५ अंक जोडेर ९ औं स्थानमा रहेको छ ।