काठमाडौं । शुभाङगी लक्ष्मी शाहले नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा बुधबार जित हात पारेकी छन् ।
सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा शुभाङगीले प्रशंसा मोक्तानलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरिन् ।
पुरुष सिंगल्समा प्रणव खनाल, प्रदीप खड्का, प्रणव मानन्धर, ऋतिक राणा, अभिषेक बाँस्तोला, आर्यन गिरी, आरभसम्राट हाडा र राजवीर प्रधानले सफलता हात पारे ।
भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा दुर्गा केसी र सुकमान तामाङ, धर्म शाही र विपिन श्रेष्ठ, सन्तोष खत्री र दावा सोनाम शेर्पा, भीष्मजंग गुरुङ र राजु क्षेत्री, जितेन्द्र परियार र सुवर्ण धाक्वा तथा ईश्वर जिसी र एसके तिमिल्सिनाको जोडीले सफलता पाए ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, सूर्य गिरी, मानबहादुर कटुवाल, शिव सेढाईं, चन्द्र शाही, मनोजविक्रम शाह, उत्तमकुमार बोगटी र महेश श्रेष्ठले आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराए ।
भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घले, सुमित मैनाली र सूर्य गिरी, उत्तमकुमार बोगटी र राम राणा, सुदर्शन विष्ट र राजु क्षेत्री, रोहित सुनुवार र इब्राहिम मुस्लिम, काजी गुरुङ र विपिन श्रेष्ठ, चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीले जित आत्मासात् गरे ।