काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार आर्मीले चर्च ब्वाइज युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो ।
आर्मीको जितमा जिलेस्पी जंग कार्कीले निर्णायक गोल गरे ।
जिलेस्पीले खेलको १२ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
आर्मीको यो पाँचौं जित हो । आर्मीले १२ खेलमा १९ अंक जोडेको छ ।
आर्मी तेस्रो स्थानमा उक्लिएको छ ।
चर्च ब्वाइजको यो दोस्रो हार हो । चर्च ब्वाइज १२ खेलमा १८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।