काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दीले फरवार्ड निराजन धामीलाई अनुबन्ध गरेको छ ।
मनाङले सेन्टर फरवार्ड धामीलाई 'ए' डिभिजन लिगका लागि अनुबन्ध गरेको हो ।
कैलालीका फरवार्ड धामीले मनाङका लागि डेब्यु समेत गरेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार एफसी खुमलटारविरुद्धको खेलमा उनले डेब्यु गरेका थिए । उनी खेलको ८२ औं मिनेटमा सुमित श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए ।
मनाङमा उनले ११ नम्बरको जर्सी लगाउने छन् ।
मसुरिया फुटबल एकेडेमीका उत्पादन धामीले पहिलो पटक 'ए' डिभिजन लिग खेलेका हुन् ।
धामीले गत चैतमा आयोजना भएको गौरिगंगा गोल्डकप खेलेका थिए ।
यस सिजन मनाङ १५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।