काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले हार व्यहोरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मनाङलाई एफसी खुमलटारले २-१ गोल अन्तरले हराएको हो ।
खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरे । मनाङका कोफी टिमोथी कुडोले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक खेलमा कोफी टिमोथी कुडो पेनाल्टीमा चुक्दा मनाङले हार व्यहोर्नु परेको हो ।
खेलको १३ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए । उनले एकल प्रयासमा मनाङका दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे ।
खेलको ५३ औं मिनेटमा मनाङका कोफी टिमोथी कुडोले पेनाल्टीमा गोल गर्दै मनाङलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
खुमलटारका विशाल बस्नेतले पेनाल्टी बक्सभित्र सुमित श्रेष्ठलाई फउल गर्दै लडाएपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो ।
तर, खेलको ६१ औं मिनेटमा मनाङका कोफी पेनाल्टीमा गोल गर्न चुके । उनले बाहिर प्रहार गरे ।
खुमलटारका अविशेक वर्माले रन्दिप पौडेललाई पेनाल्टी बक्सभित्र फउल गर्दै लडाएपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो ।
त्यसपछि खेलको इन्जुरी समयमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २-१ को जित दिलाए ।
त्यसबाहेक दुबै टोलीले गोलको थुप्रै अवसर गुमाएका थिए ।
खेलको ३६ औं मिनेटमा मनाङका कोफीले प्रहार गरेको बल बाहिरिएको थियो ।
खेलको इन्जुरी समयमा खुमलटारका मेसुकेले गोलको अवसर गुमाए । मनाङका एक डिफेन्डरलाई बिट गरेपनि गोलकिपरसँगको वान भर्सेस वानको अवस्थामा बाहिर प्रहार गरे ।
खेलको ६० औं मिनेटमा मनाङका कोफीको प्रहार खुमलटारका गोलकिपर राजकुमार लिम्बुले बचाएका थिए बक्सभित्र फउल गर्दै लडाएपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो ।
खेलको ६६ औं मिनेटमा खुमलटारका श्यामु मुर्मुले सिक्स यार्ड बक्स भित्रबाट बाहिर प्रहार गरे ।
खुमलटारको यो चौंथो जित हो । खुमलटारले ११ खेलमा १३ अंक जोडेको छ ।
खुमलटार ११ औं स्थानमा उक्लिएको छ ।
मनाङको यो लगातार चौंथो हार हो । मनाङले ११ खेलमा १५ अंक जोडेको छ ।
मनाङ आठौं स्थानमा रहेको छ ।