काठमाडौं । ललितपुर महानगरपालिकाद्धारा आयोजित मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल भोलि शनिबारबाट सुरु हुने भएको छ ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता बैशाख ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने भएको हो । प्रतियोगिताको सम्पुर्ण खेल जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ८ टिम र महिलातर्फ ७ गरि १५ टिम सहभागी हुने टुङ्गो लागेको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा पुरुषतर्फ ललितपुर महानगर, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, सुर्यबिनायक, बोगटी समाज, गणतान्त्रिक खेलकुद, पाटन बहुमुखी क्याम्पस सहभागी हुनेछन् । महिलातर्फ ललितपुर महानगर, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, नेपाल पुलिस, न्यु डायमण्ड, परोपकार गल्र्स होस्टेल, कोटेश्वर बहुमुखी क्याम्पस सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ दिईने आयोजकले प्रेस बिज्ञप्तिमार्फत जनाएको छ ।
प्रतियोगिताको उद्घाट शनिबार दिउँसो १ बजे ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गर्नेछन् । पहिलो दिनको खेल भने शनिबार बिहान ९ बजेबाटै सुरु हुनेछ । पहिलो खेलमा महिलातर्फ पुलिस र कोटेश्वर बहुमुखी क्याम्पस केएमसी भिड्नेछन् ।
हेर्नुस खेल तालिका :