आइतबार, १८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. जुडो
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय जुडोमा इन्द्र र निर्मला उत्कृष्ट खेलाडी

बिहिबार, ०७ बैशाख २०८०खेलपाटी संवाददाता
राष्ट्रिय जुडोमा इन्द्र र निर्मला उत्कृष्ट खेलाडी
mustang rice ad

काठमाडौं । नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र लुम्बिनी प्रदेशकी निर्मला कुँवर अठारौं राष्ट्रिय जुडो प्रतियोगितामा बिहीबार उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

उत्कृष्ट बनेका इन्द्रले पुरुष ६६ केजीमुनि स्वर्ण तथा निर्मलाले महिला ६३ केजीमुनि कांस्य जिते ।

नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा भएको  थियो । पहिलो दिन पनि ७ स्पर्धाको फाइनल भएको थियो ।

पुरुष ८१ केजीमुनि सुदूरपश्चिम प्रदेशका योगेन्द्र विष्टले स्वर्ण जिते । उनले फाइनलमा नेपाल एपीएफ क्लबका सुजन तामाङलाई पराजित गरे । नेपाल आर्मीका जंगबहादुर सारु र प्रहरीका मधु रोका मगर तेश्रो भए । ९० केजीमुनि प्रहरीका मनीष महतो पहिलो भए । उनले फाइनलमा आर्मीका राजेश थापा मगरलाई हराए ।

एपीएफका लेलिन डंगोल र बागमती प्रदेशका रामभक्त तामाङले कांस्य जिते । १०० केजीमुनि प्रहरीका श्रीराम मकाजुले फाइनलमा मधेश प्रदेशका हिमान्शु गुप्तालाई पाखा लगाउदै शीर्ष स्थान हात पारे । बागमतीका आकाश आले मगर तेश्रो स्थानमा रहे । १०० केजीमाथि आर्मीका रन्जेश गोलेले बाजी मारे । उनले फाइनलमा प्रहरीका राजन जोशीलाई निराश पारे । कर्णाली प्रदेशका निश्चल राइ तेश्रो बने ।

नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगिताको महिला ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ पहिलो भइन् । फाइनलमा पुनमले प्रहरीकी रजनी मगरलाई पन्छाइन् । बागमतीकी रञ्जना खड्का तेश्रो बनिन् ।

 ७८ केजीमुनि प्रहरीकी दीपा गुरुङले फाइनलमा कर्णालीकी पुर्णिमा चौधरीको चुनौती समाप्त पार्दै शीर्ष स्थान कब्जा गरिन् । आर्मीकी निर्मला घर्ती मगरले कांस्य हात पारिन् । ७८ केजीमाथि आर्मीकी आकृति जोशीले प्रहरीकी पूजा राजवंशीमाथि जित दर्ता गर्दै स्वर्ण चुमिन् । कर्णालीकी दिपिका अछाजु तेश्रो भइन् ।

प्रतियोगितामा समावेश विभिन्न १४ स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडी असोज ६ गतेदेखि चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि प्रारम्भिक छनोट गरिएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका ६४ पुरुष र ५२ महिला गरी १ सय १६ खेलाडी सहभागी थिए ।

LiNing Ad
राष्ट्रिय जुडोमा इन्द्र र निर्मला उत्कृष्ट खेलाडी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कल्बा जुडोमा सकुनलाई रजत

कल्बा जुडोमा सकुनलाई रजत

जुडोमा नेपाललाई ५ स्वर्ण

जुडोमा नेपाललाई ५ स्वर्ण

जुडो टोली बंगलादेश प्रस्थान

जुडो टोली बंगलादेश प्रस्थान

Bajaj Pulsar Motorcycle Ad
 सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

कमिन्स टी–२० विश्वकपबाट बाहिर

कमिन्स टी–२० विश्वकपबाट बाहिर

आर्मी चौथो स्थानमा

आर्मी चौथो स्थानमा

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

पूजाको काँधमा कप्तानी जिम्मेवारी

पूजाको काँधमा कप्तानी जिम्मेवारी