काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले फराकिलो जित निकालेको छ ।
च्यासल मैदानमा बुधबार भएको खेलमा जावलाखेलले नेपाल पुलिस क्लबलाई ६-१ गोल अन्तरले हराएको हो ।
जावलाखेलको जितमा हिसुब थपलिया र एनकोटो मासोबीले २-२ गोल गरे । फोडे फोफाना र अब्दुलाजिज निशोन्बोएभले एक एक गोल गरे ।
पुलिसका मोसेज ग्याबह ट्वोमले एक गोल फर्काए ।
१० खेलाडीमा समेटिएको पुलिसविरुद्ध जावलाखेलले ३० औं मिनेटमा फोफानाको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो ।
एनकोटोको हेडर बललाई गोललाइन नजिकबाट पुलिसका राम वाजीले हातले क्लियर गरेपछि संकटाले पेनाल्टी पाएको थियो । यस्तै वाजी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
५१ औं मिनेटमा हिसुबले गोल गर्दै जावलाखेललाई २-० को अग्रता दिलाए ।
खेलको ६५ औं मिनेटमा एनकोटोले गोल गर्दा जावलाखेल ३-० ले अघि रह्यो ।
८१ औं मिनेटमा एनकोटोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को अग्रता दिलाए ।
लगत्तै ८४ औं मिनेटमा हिसुबले व्यक्तिगत दोस्रो गोल गर्दा जावलाखेल ५-० ले अघि रह्यो ।
खेलको ८८ औं मिनेटमा मोसेजले गोल गर्दै पुलिसलाई ५-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा अब्दुलाजिजले गोल गर्दै जावलाखेललाई ६-१ को जित दिलाए ।
शीर्ष स्थानको जावलाखेलको यो छैटौं जित हो । जावलाखेलले १० खेलमा २० अंक जोडेको छ ।
पुछारको पुलिसले ५ अंक जोडेको छ ।