काठमाडौं । नेपाल जुडो संघको आयोजनामा १८ औं राष्ट्रिय जुडो प्रतियोगिता बुधबारदेखि खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा सुरु हुँदैछ ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी÷नेपाल प्रहरी÷एपीएफ) गरी १० टिमको सहभागिता रहने जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । ६४ पुरुष र ५२ महिला गरी १ सय १६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
पुरुष÷महिला दुवैमा समान ७–७ गरी १४ स्पर्धामा खेल हुने जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जानकारी गराए ।
यसै प्रतियोगिताबाट चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने छ । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।