मंगलबार, २० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Bhat Bhateni Supermarket Ad

रारा म्याराथन २२ बैशाखमा

सोमबार, ०४ बैशाख २०८०खेलपाटी संवाददाता
रारा म्याराथन २२ बैशाखमा
mustang rice ad

काठमाडौं । रारा म्याराथन यही बैशाख २२ गते हुने भएको छ । मुगुको प्रख्यात रारा तालबाट सुरु हुने यो म्याराथन रारा ताल किनारमै पुगेर समापन हुनेछ ।

अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथनमा मुगुका सबै स्थानीय तहहरु र विभिन्न संघ संस्थाहरुले सहकार्य गर्नेछन् । म्याराथनको रुट रारा ताल किनारबाट शुरु भई मुर्मा टप, मुर्मा गाउँ हुँदैं चुचेमारा हिमालको ४ हजार १ सय मिटरको उचाईंमा पुगेर सल्लेरी तर्फ लाग्नुपर्नेछ ।

त्यहाँबाट मुगुको एकमात्र विमानस्थल ताल्चा भएर सदरमुकाम गमगढी पुगेपछि पुनः रारा तालकै किनारमा पुगेर समापन हुनेछ । यस म्याराथनको महत्वपुर्ण आकर्षणको रुपमा राराताल वरीपरी १ फन्को लगाउने १५ किलोमिटर दौड हुनेछ । फुल म्याराथनसँगै शुरु भएर धावकहरु ताल वरीपरी घुमेर पुनः स्टार्टिङ प्वाइन्टमै पुगेर यो दौड समापन हुनेछ । यस दौडमा आन्तरिक पर्यटक र सर्वसाधारणको व्यापक सहभागिता हुने अपेक्षा छ ।

‘रारा म्याराथनले पश्चिम नेपालमा खेलकुदको सम्भावनालाई त उजागर गर्ने नै छ’–म्याराथनका अध्यक्ष ,अन्तरालका टिम लिडर जयनारायण शाहले भने,‘बुद्ध पुर्णिमाको दिन सुन्दर रारातालबाट भाइचारा र विश्वशान्तिको सन्देश पनि दिनेछ ।’ रारा म्याराथनले खेलकुदसँगै आन्तरिक र बाह्य पर्यटनलाई अभिवृद्धि गर्ने अपेक्षा छ । म्याराथनका संरक्षक तथा मुगुबाट प्रतिनिधि सभा सदस्य ऐन बहादुर शाहीले रारा म्याराथनले खेलकुदसँगै मुगु र कर्णालीको समग्र विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

‘रारा म्याराथनले विश्व समुदायलाई मुगुमा आकर्षित गर्नेछ’– सांसद शाहीले भने (,‘यो म्याराथन सफल पार्न सिंगो मुगु जिल्ला एकजुट भएर लागेको छ ।’ रारा म्याराथनले स्थानीय खेलाडीहरु उत्पादनमा विशेष जोड दिनेछ । यस वर्ष मुगुका खेलाडीहरुलाई म्याराथनमा भाग लिदां कुनै पनि शुल्क लाग्ने छैन । प्रत्येक स्थानीय तहलाई सिफारिसको लागि संख्या भने तोकिनेछ ।

कर्णालीका खेलाडीहरुलाई विशेष सहुलियत हुनेछ । युवा खेलाडीहरुलाई १ हप्ताको विशेष ओरियन्टेशनमा सहभागी गराएर दौडका लागि प्रोत्साहित गरिनेछ । यसका लागि रारा म्याराथनकी सद्भावना दुत विश्वकिर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई सहितको टिम १ साता अघि नै मुगु पुगिसक्नेछ । रारा म्याराथनमा धाविका मीरा राईको अगुवाईमा संचालित मीरा राई इनिसीयटिभले पनि सहकार्य गरेको छ ।

इनिसीयटिभले ञस्तुपा टु स्तुपाझ र भोजपुर ट्रेल रेसको आयोजना गर्दै आएको छ भने देशैभरबाट किशोरीहरुलाई काठमाडौंमा लगेर दौड, क्षमता अभिवृद्धि, अग्रेंजी लगायतका भाषा तालिम आवासीय रुपमा संचालन गर्दै आएको छ ।

‘आगामी वर्षदेखि धाविका मीरा राई हरेक वर्ष कम्तिमा डेढ महिना मुगुमा भेटिनेछन्’– शाहले भने,‘निकट भविष्यमा मुगुका किशोरीहरुबाट अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य छ ।’

सुन्दर ताल राराको नाममा तयारी शुरु गरिएको म्याराथनको सद्भावना दुत भएर काम गरिरहँदा आफुले गौरव बोध गरेको बताउँदैं मीरा राई भन्छिन् ( ञम रारामा नेपाली मात्र होइन विश्वकै खेलाडीहरुलाई निमन्त्रणा गर्दछुँ ।’ विकट कर्णालीका किशोरीहरुसँग काम गर्न पाउँदा आफु निकै उत्साहित भएको बताउँदैं राईले भनिन् ( ञम मुगुका किशोरीहरुमा थुप्रै मीरा खोज्नेछु ।’ ‘पहिलो चरणमा किशोरीहरुलाई खेलकुद प्रशिक्षण शुरु गरिनेछ’–सांसद शाहीले भने( ‘निकट भविष्यमा समग्र खेलकुद समेट्ने गरी बृहत प्रशिक्षण गरिनेछ ।झ ञरारा म्याराथनले विकट कर्णालीमा अन्तराष्ट्रिय स्तरको खेलकुद सफल आयोजना हुन सक्छ भनेर मात्र प्रमाणित गर्नेछैन’ – म्याराथनका अध्यक्ष जयनारायण शाहले भने,‘यो सफल आयोजनले कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदको आयोजनाको लागि पनि सकारात्मक सन्देश दिनेछ ।’

कर्णाली खेलकुद परिषदका सदस्य सचिव विश्वमित्र सञ्ज्यालले रारा म्याराथन कर्णालीको खेलकुद विकासमा एउटा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

‘हामी दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिरहेका बेला हुन लागेको रारा म्याराथनलाई परिषदले पुर्ण रुपमा सघाउनेछ, 'सदस्य सचिव सञ्ज्यालले भने(ञरारामा राष्ट्रिय, अन्तराष्ट्रिय धावक र पाहुनाहरुलाई स्वागत गर्न कर्णाली खेलकुद परिषद आतुर छ।’

LiNing Ad
रारा म्याराथन २२ बैशाखमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

Bajaj Pulsar Motorcycle Ad
फरक दिशातर्फ अघि बढेको नेपाल

फरक दिशातर्फ अघि बढेको नेपाल

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

१२औंपल्ट खेल्दै नेपाल र युएई

१२औंपल्ट खेल्दै नेपाल र युएई

 बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै