आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. मछिन्द्र र एनआरटीको बराबरी

मछिन्द्र र एनआरटीको बराबरी

२०२३ अप्रिल १५, शनिबारखेलपाटी संवाददाता

मछिन्द्र र एनआरटीको बराबरी

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लब बराबरीमा रोकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मछिन्द्रले न्युरोड टिम एनआरटीसँग १-१ गोलको बराबरी खेलेको हो ।

पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा मछिन्द्र बराबरीमा रोकिएको हो ।

खेलको ३९ औं मिनेटमा ओमालाजा नुरेन करिमले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । प्रसान्त अवस्थीको कर्नरमा एनआरटीका डिफेन्डरले क्लियर गरेको बलमा बक्स बाहिरबाट करिमले उत्कृष्ट भली गोल गरे ।

तर, खेलको ६७ औं मिनेटमा स्टेफन जुनियरले गोल गर्दै एनआरटीलाई १-१ गोलको बराबरीमा ल्याए । निकोलस सङले उपलब्ध गराएको पासमा जुनियरले उत्कृष्ट गोल गरे ।  

त्यसबाहेक दुबै टोलीले पाएको अन्य अवसरलाई सदुपयोग गर्न सकेनन् ।

खेलको छैटौं मिनेटमा एनआरटीका सुसन श्रेष्ठको हेडर मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले जोगाए । त्यसपछि आएको रिबाउन्डमा लालनुनजामाको प्रहार फेरि विशालले बचाए ।

खेलको १५ औं मिनेटमा एनआरटीका कप्तान बिक्रम धिमालले हेडर मार्फत क्लियर गर्न खोजेको बल आफ्नै पोस्टमा गएको थियो । तर, एनआरटीका गोलकिपर पुजन होनाले पन्च गर्दै जोगाए ।

खेलको २९ औं मिनेटमा आन्द्रेस नियाको पासमा आफिज ओलावालेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।  

खेलको ३७ औं मिनेटमा मछिन्द्रका विमल घर्ति मगरले गोलको अवसर खेर फाले । एनआरटीका गोलकिपर पुजनलाई बिट गरेपनि विमलले ढिला प्रहार गर्दा एनआरटीका गौरव श्रेष्ठले क्लियर गरे ।

खेलको ५१ औं मिनेटमा एनआरटीका जेनिस प्रजापतिको क्रसमा लालनुनजामाको फ्री हेडर पोस्टमाथिबाट  बाहिरिएको थियो ।

खेलको ५२ औं मिनेटमा एनआरटीका जेनिसको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो ।    

खेलको ७९ औं मिनेटमा वान भर्सेस वानको अवस्थामा मछिन्द्रका सौरभ लिम्बुको प्रहार एनआरटीका गोलकिपर पुजनले उत्कृष्ट बचाउ गरे ।

यस बराबरीसँगै  मछिन्द्रले ९ खेलमा १३ अंक जोडेको छ । मछिन्द्र छैटौं स्थानमा रहेको छ ।

एनआरटीले ९ खेलमा ७ अंक जोडेको छ । एनआरटी ११ औं स्थानमा रहेको छ ।

मछिन्द्र र एनआरटीको बराबरी
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते

ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते

बंगलादेशमा छन् कप्तान किरण

बंगलादेशमा छन् कप्तान किरण

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

Bhat Bhateni
पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित

ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते

ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

बंगलादेशमा छन् कप्तान किरण

बंगलादेशमा छन् कप्तान किरण

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

नाइट रन स्थगित

नाइट रन स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित