काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडालले बार्सिलोना ओपन नखेल्ने भएका छन् ।
३६ वर्षीय नाडालले बार्सिलोना ओपनबाट नाम फिर्ता लिएका छन् ।
नाडालले आफु खेलमा फर्कन तयार नभईसकेको बताएका छन् ।
हिप इन्जुरीको कारण नाडाल जनवरीबाट कोर्ट बाहिर रहदै आएका छन् ।
नाडाल अष्ट्रेलियन ओपनमा अमेरिकी खेलाडी म्याकडोनाल्डसँग पराजित भएका थिए ।
२२ पटकको ग्रान्डस्लाम विजेता नाडाल आगामी मे मा फ्रेन्च ओपनबाट कोर्टमा फर्कने सम्भावना रहेको छ ।
नाडाल फ्रेन्च ओपनको साविक विजेता समेत हुन् ।