काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछन् ।
लिगको आठौं चरण अन्तर्गत बिहीबार अन्तिम दुई खेल हुनेछ । जसमा एक खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एक खेल हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र फ्रेन्ड्सबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ ।
चर्च ब्वाइज आज चौंथो जितको योजनामा हुनेछ । चर्च ब्वाइज ७ खेलमा १३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
फ्रेन्ड्स दोस्रो जितको खोजीमा हुनेछ । फ्रेन्ड्स ४ अंक जोडेर पुछारमा रहेको छ ।
यस्तै एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
पुलिस आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पुलिस ४ अंक जोडेर १३ औं स्थानमा छ।
थ्री स्टार चौंथो जितको योजनामा छ । थ्री स्टार ११ अंक जोडेर आठौं स्थानमा रहेको छ ।