काठमाडौं । अष्ट्रेलियामा आयोजना भएको ओसियाना नेपाली स्पोर्ट मिट अन्तर्गत ब्याडमिन्टनको पुरुष एकलको उपाधि सञ्जीव खड्काले जितेका छन् ।
क्यानबेरामा भएको प्रतियोगिताको फाइनलमा खड्काले न्यु साउथ वेल्सका सुशील गिरिलाई हराए । यस्तै क्वीन्सल्यान्डका निर विक्रम देवकोटाले कांस्य पदक जिते ।
खड्काले युगल स्पर्धामा कास्य पदक जिते । नेप्लीज तास्मानीया स्पोर्ट्स एसोसिएसनको टिमबाट खेलेका खड्काले हरि गौतमसँग मिलेर कास्य जितेका हुन् ।
नेपालीहरुको मिनी ओलम्पिक रहेको स्पोर्ट मिटमा बास्केटबल, गल्फ, फुटबल, स्वीमिङ, क्रिकेट, ब्याडमिन्टन, दौड, टेबल टेनिस, भलिबल र टेनिस लगायतका खेलहरु हुने गर्छ । जसमा अष्ट्रेलिया र न्युजिल्याण्डमा रहेका ७ सय बढी नेपाली खेलाडीको सहभागिता रहने गर्छ ।