बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मनाङ र थ्री स्टारको रोमान्चक बराबरी

सोमबार, २७ चैत्र २०७९खेलपाटी संवाददाता
मनाङ र थ्री स्टारको रोमान्चक बराबरी
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले रोमान्चक बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार मनाङ र थ्री स्टारले १-१ गोलको बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने थ्री स्टारले बनाएको थियो ।

खेलको ७८ औं मिनेटमा सन्तोष शाहुखलले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए । लाकेन लिम्बुको हेड पासमा पेनाल्टी क्षेत्रभित्र रहेका सन्तोषले उत्कृष्ट गोल गरे ।

सात वर्षपछि थ्री स्टार फर्किएका सन्तोषले पहिलो खेलमै गोल गरेका हुन् । उनी लिगका लागि जापानबाट नेपाल आएका हुन् ।  

तर, खेलको ८४ औं मिनेटमा कोफी टिमोथी कुडोले गोल गर्दै मनाङलाई १-१ गोलको बराबरीमा ल्याए । उनले विशन गुरुङको लामो पासमा हेडमार्फत गोल गरे ।

त्यसबाहेक दुबै टोलीले पाएको अन्य अवसरलाई खेर फालेका थिए ।

खेलको १२ औं मिनेटमा थ्री स्टारका दिपेश घलेले उपलब्ध गराएको पासमा सन्तोष शाहुखलले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गरेको बल मनाङका गोलकिपर तथा कप्तान दीप कार्कीले सहजै आफ्नो नियन्त्रणमा लिए ।

२६ औं मिनेटमा थ्री स्टारका आदित्य शाक्यको प्रहार पोस्टमाथि बाहिरिएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा मनाङका कमल थापाको उत्कृष्ट फ्रिकिक थ्री स्टारका गोलकिपर ताहा मोहमदले पन्च गर्दै गोलको खतरा टारेका थिए ।

No description available.

खेलको ५३ औं मिनेटमा थ्री स्टारका विराज महर्जनको फ्रिकिकमा योगेश गुरुङको फ्री हेडर मनाङका गोलकिपर दीप कार्कीले जोगाए ।

यस बराबरीसँगै मनाङले ७ खेलमा १५ अंक जोडेको छ ।

मनाङ शीर्ष स्थानमा रहेको छ ।

थ्री स्टारले ११ अंक जोडेको छ । थ्री स्टार छैटौं स्थानमा रहेको छ ।

Loading ad...
LiNing Ad
मनाङ र थ्री स्टारको रोमान्चक बराबरी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन